सुन्तली .......
यादका बिस्कुन
मथिंगल ओरिपरि
लमहा खोलाको 
भेल झैँ
गड गड
गड गड
गर्दै आइरह्यो /
बिर्से भन्न मलाई पाप लाग्दो हो
भुर्कुटको च्याउ
जिब्रेको साग
मुजुर खुट्टी
टिपेर
तिम्रो पोल्टाभरि
हाल्दिएको
आजै जस्तो लाग्छ /
मेरो गाइबस्तु
जेर बाट भाग्दा
तिमी कुद्दै गएर धपाउदै
जेर मा मिसाउथेउ
हो त्यो पनि आजै जस्तो लाग्छ
सुन्तली
तिमी अहिले पनि
मैरा को जंगलमा
भोर्लिनीको चिसो
पानि सालको
पात बेरेर पीउछौ होला ?
अनि पोल्टा भरि
मकै डुमरी
जामुन
कुसुम
हुन्छ होला
कुनै दिन म
नहरै नहर
मैरा हुँदै कटानी
आए भने
तिमी संगै
भुर्कुट को च्याउ
मकै दूम्री
मुजुर खुट्टी
लिन जाउला नि
है सुन्तली ?
अमृत भान्जाभई

Comments

Popular posts from this blog

कबिता

गजल

आदिवासी आगो – हेम मन्जिल