कबिता _-_प्रिया अनि कम्पन
 प्रिया अनि कम्पन   जब तिमी  अङालोमा  मेरै अङालोमा  बेरिन आउथियौ  मलाई कम्पन  महसुस हुन्थ्यो ।   तिमी अहिले मसँग  छैनौ ,  र पनि म कम्पित छु   तिमी हुँदाको कम्पन  अनी नहुदाको कम्पन     फरक  अहिले सारा सारा कम्पित छन  अहिले सारा सारा त्रसित छन   पक्कै पनि   भुकम्प गएको छ यहाँ  तिमी समिपमा हुँदाको कम्पन  र  अहिले जमिनको कम्पन  दुबैको अनुभुती फरक छ   तिमीसँग को कम्पन उल्लास  अनी खुशी को हुन्थियो  अहिले को कम्पन हतास  अनी ग्लानी को छ .......   अमृत भन्जाभाइ  २०७२। ०२ । १९   कबिता