साढे ७’को पहिलो गीत ‘गज्जब हुनेछ’
   साढे ७’को पहिलो गीत ‘गज्जब हुनेछ’    चलचित्र साढें ७ को पहिलो गीत सार्वजनिक भएपछि नेपाली दर्शकहरुमा यो  चलचित्रबारे थप उत्सुकता थपिएको छ ।  अमृत खतिवडा ‘भान्जाभाई’को  शब्दमा सत्यराज आचार्यको संगीत र किरण गजमेरको स्वर रहेको चलचित्रको पहिलो  गीत गज्जव हुनेछ केहि दिन अघि मात्र सार्वजनिक भएको हो ।   गायक तथा संगीतकार सत्यराज आचार्य चलचित्रको कथाका मुलपात्र फोटोग्राफर  रहेको यस चलचित्रमा सुप्रिया कटुवाल,सुनिल थापा, शिशिर वाङदेल, कामेश्वर  चौरसिया,मेनका प्रधान अभिनय रहेको छ । सुनिल थापा र साम्तेन भुटिया,  सत्यराज(स्वरुपराज, नरेशदेव पाण्डे र डिजे सन्तोषले निर्माण गरेको यस  चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।