गजल
बैगुनीलाई जित दिलाएर किन हिँडौ ?
सर्पलाई दुध सधैं पिलाएर किन हिँडौ ?
छिनमै जोडजाड छिनमै हुने भताभुङ ।
उध्रिएको सम्बन्ध यो सिलाएर किन हिँडौ ?
यही रोक्ने उही रोक्ने भेटे जहीतही रोक्ने ।
बेमानीलाई याद आफ्नो दिलाएर किन हिँडौ ?
हार्दिकता लत्याएर खाली भावनामा खेल्ने ।
निर्मोहीसँग मन मिलाएर किन हिँडौ ?
ह्ववात आई स्वात्त सुक्ने खहरेको हैन भेल ।
जरुवा हुँ बगरमा बिलाएर किन हिँडौ ?
राममणि ढुंगाना
Comments