गजल

विश्वास गर मेरी प्रिया   खोट छैन मसंग / 
गरिब छु लगाउने        कोट  छैन मसंग //

दिन्छु माया अजम्बरी सम्हालेर राख्छौ भने / 
हिरा मोति महल किन्न    नोट छैन  मसंग//

धरोधर्म तिम्रै हो जुनी        जुनी  मेरो माया /
दिन तिम्लाई आघात अनि चोट छैन मसंग //

खाली  खाली   रित्तो छु   त्यसै त्यसै उदांगो /
छहारी नखोज    दिनलाई बोट छैन  मसंग  //


अमृत भान्जाभाइ 
रंगपुर ५ रौतहट 
२०६८/११/४  



Comments

sudip said…
ajhai ramro gajal ko shuvakamana

Popular posts from this blog

कलियुगमा यस्तो हुनेछ भनेर ५ हजार बर्ष अगाडिनै भबिस्यबाणी गरिएको थियो .। भबिस्यबाणी ठ्याक्कै मिलेको छ ।

गजल

कबिता