Posts

योनि किन चिलाउछ? थाहा पाउनुहोस अनि चकित हुनुहोस..

Image
प्राय:सबैजसो महिलाहरु आफ्नो जीवनको कुनै न कुनै क्षणमा योनी चिलाउने समस्याबाट गुज्रिएका हुन्छन्। कहिलेकाँहि यसो हुनु सामान्य भएपनि लामो समयसम्म चिलाइराख्नु वा बारम्बार चिलाइराख्नु भने राम्रो होइन। योनि चिलाउने समस्या धेरै कारणबाट हुन सक्छ । ती मध्ये प्रमुख कारण योनि राम्रोसँग सफा नगर्नाले यो समस्या उत्पन्न हुन जान्छ भने जथाभावि यौन सम्बन्धबाट हुने यौन रोगबाट पनि योनि चिलाउँछ । १ तनाव सुन्दा अचम्म लागेपनि यो सहि हो कि तनावको कारणले गर्दा योनि चिलाउँछ । २ यिस्ट संक्रमण योनिमा यिस्ट इन्फेक्सनको कारणले पनि योनि चिलाउँछ । यिस्ट इन्फेक्सन हुँदा योनि वरिपरि सेतो दहि जस्तो ढुसि जम्मा हुन थाल्दछ जसको कारण योनि चिलाउँछ । जथाभावि यौन सम्बन्ध राख्नाले, रोगसँग लड्ने क्षमता कमि हुनाले वा मधुमेहको बिरामीलाई यिस्ट इन्फेक्सन हुने सम्भवना हुन्छ । यिस्ट इन्फेक्सन भएको ठाँउमा रातो दाग देखा पर्न थाल्छ र त्यो ठाउँ सुख्खा भै चिलाउन थाल्छ । ३ सुख्खा छाला सुख्खा छाला भएको व्यक्तिमा पनि योनि चिलाउने समस्या बढी हुन्छ । छालालाई आवश्यक पर्ने पर्याप्त पानीको अभावले गर्दा योनि वरिपरिको छाला सुख्खा हुन...

पारीजातको कबिता - बलात्कृतको बयान

Image
बलात्कृतको बयान जंगली फूलहरु फुलेको भिरालोमा  पैतालाको काँडा झिक्तैथेँ, हजूर! बाघ चितुवाको शिकार खेले जस्तो होइन मान्छेहरु जस्तै  मान्छेहरुले जस्तै सुसेल्दै, गीत भन्दै छिल्लिँदै र जिस्किँदै बनपाले र उनका मतियारहरुले मेरो ज्यानसँग जथाभावी गरे मेरो इज्जत सबै लुटे मलाई रक्ताम्मे पारे काल नआएकी म मर्न सकिनँ, हजूर। माइती एकादेशमा लोग्ने निम्छरो ठूला–बडाको मुख हेरी गाउँलेहरुले मलाई यहाँ ल्याइदिए, हजुर। बाहिर मेरो रक्षे गर्ने कोही छैन मलाई ऊ... त्यो झ्यालखानाभित्र राखिदिनुहोस्, हजुर! झ्यालखानाभित्र।

आदिवासी आगो – हेम मन्जिल

Image
म स्वयं चिहान बौरिएर स्थापित एक आदिवासी विद्रोही कवि कुनै महाराजको कोठीको एक अन्धकार कुनामा भएको हुनुपर्छ सायद मेरो हत्या अथवा, मेरो हत्या हुनुपूर्व महाराजको श्रीपेच सजाइएको थियो निकालेर मेरा दाँतहरू दरबारको मूलद्वारमा टाँगिएको थियो निकालेर मेरा आँखाहरू मेरो मुटु, जिब्रो, गिदी, रगत र अण्डकोष निकालेर भव्य रात्रिभोज मनाइएको थियो हो, त्यतिखेर मरेको थियो एउटा क्रान्ति म लासका टाउकाहरूमा बोकेर एउटा अन्तिम विद्रोह उभिएको छु चिहानमाथि ए चिहानसम्म आउने मलामीहरू हो ! केही रुन्चे कविहरू र सामन्तवादका नयाँ ठेकेदारहरूलाई यो सुनाइदिनू, एउटा आदिवासी विद्रोही कवि चिहानमाथि उभिएको छ रगतको मसीले लेखेर आगोका कविताहरू ।

प्रतिक्षारत अदालतमा तिम्रो बयान

तिमी म भएर हेर देख्नेछौ यथार्थको आकाश र धरातल टेक्ने छौ सत्यको पाइला र भन्ने छौ अहंमता मानिसको शत्रु हो । कसैले कान फुकिदिएको भरमा हेरदिन तिमीले सुनाउने कथाका पात्र पोलियो रोगले ग्रसित हुनेछन् मासमा उभिएर तिम्रो इच्छा बमोजिम बयान दिन नसक्दा त्यत्तिखेर तिमी तिमी हुने छैनौ तिम्रो परिचय बदलिन सक्छ काँध थामिदिएकाले छाडिन दिँदा भूइँमा बजारिन पुग्छौ होस् गर पृथ्वी गोलो छ । समयको बदलाव अस्वभाविक परिवर्तन होइन सुधारको चक्रमा आफूलाई सम्मिलित गर्नु हो हिजोको गर्जनको जवाफ खोज्ने तिम्रो समाजलाई सत्य र यथार्थको धरातलमा उभिएर निस्फिक्री भन्न सक्नु पर्छ– मेरो अडान सत्यमा आधारित थियो अन्यथा तिम्रो अडान आरोपित बनाउन उद्दत हुनेछन् घमण्ड र अहंमको मझेरीमा बुनेका कथाहरु डर देखाएर सुताउन सानी नानीहरुलाई सुनाए जस्तो हुनेछ । विस्तारै आकाश खुल्दै जान थालेको छ तिम्रो प्रायश्चित गर्ने घडी घर्किंदैछ मानवताको पाठ पढाउने तिम्रो असली नियत हो भने अब पुष्टि गर, समय घर्किन आँट्यो । – सुदिप पाैडेल २०७५ /०२/२१

'साढे७' फागुन ११ मा

Image
Trend मा भन्दा Creation मा आधारित चलचित्र "साढे सात" Saadhe 7 फल्गुण 11(FEB 23) मा देशभर का सिनेमा घरमा चल्दैछ  चलचित्रमा फोटो पत्रकारको भूमिकामा छन् गायक सत्यराज आचार्य। चलचित्रमा यौनकर्मी युवतीको भूमिका मेनुका प्रधानले निर्वाह गरेकी छन् भने फोटो पत्रकारकी पत्नीको भूमिकामा सुप्रिया कटुवाल छिन्।  चलचित्रमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, सुनील थापा, नरेशदेव पन्त, डीजे सन्तोष र साम्तेन भुटियाको संयुक्त लगानीमा बनेको छ। निर्देशक भुटियाकै पटकथा र सम्पादनमा तयार भएको चलचित्रका सहनिर्माता अञ्जु श्रेष्ठ, राजु बोगटी, दीपा ढुंगेल, एलबी टन्डन र विशाल चाम्लिङ हुन्। अनिश तामाङको छायांकन रहेको चलचित्रमा सत्यराजकै संगीत छ।  यस अघिनै गज्जब हुनेछ बोलको गजल साबर्जनिक भएर चर्चा सेलाउन नपाउदै पोस्तर र् टेर्लर् अहिले थप चर्चामा रहेको छ। चलचित्रको शीर्षकले नै यसको सम्पूर्ण कथा बोकेको उनको भनाइ छ। अमृत खतिवडाको शब्द, स्वरूपराज आचार्यको संगीत एवं किरण गजमेरको स्वर समावेश गीतमा चलचित्रका मुख्य कलाकार सत्यराज र सुप्रियाले अभिनय गरेका छन्।   गीत हेर्नुहोस्  ट्रेल...

साढे ७’को पहिलो गीत ‘गज्जब हुनेछ’

Image
साढे ७’को पहिलो गीत ‘गज्जब हुनेछ’ चलचित्र साढें ७ को पहिलो गीत सार्वजनिक भएपछि नेपाली दर्शकहरुमा यो चलचित्रबारे थप उत्सुकता थपिएको छ ।  अमृत खतिवडा ‘भान्जाभाई’को शब्दमा सत्यराज आचार्यको संगीत र किरण गजमेरको स्वर रहेको चलचित्रको पहिलो गीत गज्जव हुनेछ केहि दिन अघि मात्र सार्वजनिक भएको हो । गायक तथा संगीतकार सत्यराज आचार्य चलचित्रको कथाका मुलपात्र फोटोग्राफर रहेको यस चलचित्रमा सुप्रिया कटुवाल,सुनिल थापा, शिशिर वाङदेल, कामेश्वर चौरसिया,मेनका प्रधान अभिनय रहेको छ । सुनिल थापा र साम्तेन भुटिया, सत्यराज(स्वरुपराज, नरेशदेव पाण्डे र डिजे सन्तोषले निर्माण गरेको यस चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।

कबिता="निर्झर" सिद्धीचरण श्रेष्ठ

Image
"निर्झर " द्रुत निर्झर ! झर झर्झर, वन,पर्वत स्वरले भर! गिरिउपर, तरुको तल म बसीकन स्वर सुन्दछु! स्वरमा सुख, स्वर जिवन, गर कल्कल स्वर सुन्दर! म छु बिह्लल, सुख दुर छ, बह झर्झर, प्रिय निर्झर! "१९८८ "

💌बर्षात💘......

Image
💌 बर्षात 💘 ....... तिमिले साउने झरी भै पानी म मा नबर्साएको भए न त म घुम ओढि तिम्रो सामु आउने नै थिए। बर्सायौ त्यो बखत मुसलधारे वर्षा । अनि पो म तिम्रो कलेजिमा अटाए। म कलेजीमा निदाउनु। म तिमिमै बिलाउनु । मेरो हर्कत थिएन। थियो त बस! तिम्रो चाहा थियो। अहिले पनि म तिम्रो गल्लिमा तिम्लाइ नै सोध्दै । पबन संगै बहन्छु। मेरो बहकाइमा पबन पनि सुस्त सुस्त बिस्तारै बहन्छ। सायाद बहनु पबनको नियाती हो। सायद बहनु मेरो अतिरन्जना हो। बर्सातमा आज पनि म अतिरन्जना मै छु। साउन बर्षनको लागि बर्सन्छ । म तिमी नहुदा बर्सन्छु। बर्सात पनि किन आजकाल निको निको लाग्न थाल्यो। अमृत" भान्जाभाई " २०७४/०३ /२६ 

गजल

यो देशलाई माया गर्ने देखाउ ? एकैजना ? नेपालकै निम्ती मर्ने देखाउ ? एकैजना ? जहाँ ताही यत्रतत्र खुट्टा तान्ने मान्छेहरु । मेरो मित्र बिश नछर्ने ? देखाउ एकैजना ? अड्डा माल्पोत भन्सारतिर  जादै हुनुहुन्छ कि ? को छ र ? खल्ती नभर्ने ? देखाउ एकैजना ? राष्ट्रियता , राष्ट्र र देश हाक्छु भन्नेहरु । बिदेशीको चरण नपर्ने ? देखाउ एकैजना ? अमृत भान्जाभाइ २०७३/०१/३०  

दशै

Image
दशै खोइ त्यो  खुशी  उमङ अनी हासो ./ शायद समय बेला अनि  परिवर्तित मन  , / समय यस्तो पनि थियो / आमाको न्यानो माया त्यो पिङको मचाइ ,/ दाइको लाडे प्यार सबै सबै सम्झनामा फगत सम्झनामा / नहरको डिलमुनी त्यो लुकामारी / स्कुल पछाडिको अंम्बा चोराइ / फगत एक सपना जस्तो डियर दशै फगत एक सपना जस्तो . / कृति भट्टराई