Posts

गजल

प्रज्वल लामिछाने दुरी सँगै तिम्ले माया मार्दै गा'की छौ । साथै छु भन्दै एक्लो पार्दै गा'की छौ ।। हिजो मात्र साथ दिने बाचा गरेथ्यौ । आजै देखी घरीघरी टार्दै गा'की छौ ।। दुर्भाग्य भनौ या समयको खेल । अलि अलि गर्दै पाइला सार्दै गा'की छौ।। लुटनु जती लुटे पनि जित मेरै हो । झुटो प्रेम गर्ने तिमी हार्दै गा'की छौ ।।

गजल

पिर मा छु आड नमाग मसँग । भिर मा छु आड नमाग मसँग ।। जौँउ भन्छौ तिमी क्षीतिज भन्दा पारी। तिर मा छु आड नमाग मसँग ।। बेसहारा छु टुङो छैन जाने कता हो। निर मा छु आड नमाग मसँग ।। भरोसा छैन मेरो भरोसा माग्छौ। जन्जिर मा छु आड नमाग मसँग।। अमृत "भान्जाभाई" 2067/4/20

गजल

तिमी आउछौ भन्ने आश थियो । तिमी आयौ यस्तै आभास थियो ।। तड्पी रहन्थ्यो पलपल यो मन । बिना तिमी साचै उदास थियो ।। आखिर आयौ रातै परे पनि । आउछौ भन्ने पुरा विश्वाश थियो ।। परी झै सजिएर आयौ तिमी । सँग सँगै मिठो सुबाश थियो ।। थिएनन कोही सिवाय तिमी र म । थियो यो धर्ती अनी आकाश थियो।। केही क्षण पस्चात झस्किए म । एसो उठे ति सब बकबास थियो । प्रज्वल लामिछाने

झट्केलो शब्द जिबन

झट्केलो शब्द जिबन बर्षात यामको भेलले वृक्षहरु बगाउदा बगाउदा उराठ,मरभुमी जस्तो मेरो मस्तिक आसफल जिम्बेबारको दाँत देखाएर बगर झै हिस्सिएको छ। लाटो मस्तिक मा जिबन भर्न जिबन खोज्द खोज्दै जिबन हराएको छ कन्चेटका रौहरु उखेलेर मस्तिस्कको द्वार खोल्न असफल भएका छन शब्दकोशहरु। जोत्दा जोत्दै थाकेका गोरु झै धर्म छाडेर अडिएको हातलाई शब्दको कोर्‍राले हिडाउन नसकेर चिउडोमा हात राखेर खोक्रो स्तम्म्भ झोक्रएको छ । प्रसब पिडाले पिंदी उक्लिन नसकेकी नारी झै प्रयासबाट प्रयास हार खाएर कर्तव्यले सफलताको सिंढि उक्लिन नसकी छटपटिदा छट्पटिदै जन्मिएको यो शब्द जिबन झट्केलो शब्द जिबन । सुदीप पौडेल
धुकधुकी नि सुस्तसुस्त चल्ने एउटा रोग हुन्छ पिरतीमा मुटुमात्र जल्ने एउटा रोग हुन्छ औडाह हात लाग्ने खाली, देखे पनि नदेखे नि पेट्रोलझै पानी पनि बल्ने एउटा रोग हुन्छ संसारलाई उमाल्न सक्ने तापक्रम अचम्मको ढुङ्गा पनि मैनजस्तै गल्ने एउटा रोग हुन्छ चाहे जितोस मन चाहे जितोस संसारलाई योद्धा पनि काखमै आई ढल्ने एउटा रोग हुन्छ लैला मजनु सबै मायाको यो बजारमा चोखो प्रिती पहरामा फुल्ने एउटा रोग हुन्छ राममणि ढुंगाना

कबिता "यथार्थ"

जिबन चलाउनका लागि जिन्दगीका चटाने घुम्तीहरुमा मेरा कल्पुर्जा चलाइरहे चलाउन खोजीरहे ,सकेर या नसकेर यात्रारत मेरा राजमार्गमा तिमी हातभरी लालिगुरास लिएर बसिरहेका थियौ प्रेमका प्रतिक फूल देखेर या तिम्रो कल्कलाउदो ,मत्मताउदो बैसका छ्टाहरुले हो साँच्चै भन्नै सक्दिन बर्तमानमा म प्रेम भाबमा डुबिसकेको रहेछु जाहेर गरे तिम्रो हजुरमा तिमी मस्किदै ,मस्किदै,खस्किदै दिलद्वार खोल्दै बुइ चढयौ थोत्रा कल्पुर्जाले धर्मराएको सवारलाई प्राण दिदै प्रेम्को सहभावको दूर्त यात्रालाई इन्धन भर्दै मेरो बाँकी पुरा यात्राकोलागि सहयात्रीको बाचा गर्यौ वो दिलकी खरानी म यही चुकेको रहेछु ।। फूलको मुखमण्डलमा प्रेम लुटेर तिमीजस्ता मायाका ब्वासाहरु हाम्रा समाजमा बर्जित छन र त म पाश्चाताप होइन आज कृष्णभीरबाट जोगिएको जिबन देखेर पुलकित भएको छु र चलाएको छु जिन्दगी। वो दिलघाती आज मैले कोठा र कौसीहरुमा फुल सजाएको छु निर्‍भिकताका साथ ठिक ठिक समयमा फुल्ने र सुवासित हुने।। मैले नियमबधता र तालिका कोर्नु परेको छैन यि फुलले चलाउने छ मेरो जिबन फुलको चलाउने छु म ।। यि बाट पनि तलाई सम्झिएर तर्सिएको थिए .. तर मेरो ठुलो भ्रम रहेछ ।। त हुँदा...

गजल

यथार्थमा उनी सँग हास्न, पाए हुन्थ्यो अचम्म । उनको मुटु मेरो मन गास्न, पाए हुन्थ्यो अचम्म।। फरक बाटो अलग यात्रा, उनको लक्ष्य सुनौलो होला । उनको बाटो मेरो यात्रा साच्न, पाए हुन्थ्यो अचम्म ।। सुनाखरी मखमली सयपत्रीको, याम आउँदा । देउसी भैलो चन्डीमा नाच्न, पाए हुन्थ्यो अचम्म।। उनी प्रतिको तडप मेरो, किन झन अझ गहिरो । समर्पण उनको छ छैन जाँच्न, पाए हुन्थ्यो अचम्म।। आकाशको जुन छुने कल्पना, मेरो मुर्खाइ शायद । सपनामै भए पनि बाँच्न, पाए हुन्थ्यो अचम्म अमृत भान्जाभाई

गजल

प्रज्वल लामिछाने एक्लै बाच्नुको सार कहाँ रहयो र ? तिमी सँगको प्यार कहाँ रहयो र ? थियो र पो प्यार अगालिन्थौ हामी । अब त्यस्तो संसार कहाँ रहयो र ? जति हेरे पनि हेरी रहु लाग्ने । हसिलो त्यो मुहार कहाँ रहयो र ? मन मुटु सुम्पे पनि छाडि गए पछि । आफ्नो भन्ने आधार कहाँ रहयो र ?

गजल

प्रज्वल लामिछाने सानो गल्तीमा पनि झर्किएर गयौ तिमी । बोलाँउदा नसुने झै तर्किएर गयौ तिमी ।। आखिर कहिलेको रिस पोख्यौ म माथि । कुरै नबुझी फर्किएर गयौ तिमी ।। माफी मागी तिमी सामु हात जोडे पनि । उल्टो धोकेबाज भनि अर्किएर गयौ तिमी।। तिम्रै हुँ जिबन भर साथ देउ भन्ने तिमी । कस्को साथ पयौ कुन्नि लर्किएर गयौ तिमी ।। तिमी भित्र सपनाको संसार सजाउथे । तर आज सिसासरी चर्किएर गयौ तिमी ।।

गजल

प्रज्वल लामिछाने नखोज्नु कही कतै तिम्रो मनमा हुन्छु म। नपत्याए छामी हेर धड्कनमा हुन्छु म ।। तिमी भित्र रमी बाच्नु मेरो यथार्थ हो । त्यसैले हरपल तिम्रो जिबनमा हुन्छु म ।। स्वर्गकी परी धर्तिमा झरयौ मेरो निम्ती । साथ पाए तिम्रो हर मिलन मा हुन्छु म ।। कहिले काहि तिमीबाट टाढिनु पर्दा । कालो बादल पन्छयाउदै गगनमा हुन्छु म ।। सुन्दरताले जवानी त्यो पोखिदेला भनी । सधै भरी तिम्रा ति बदनमा हुन्छु म ।। रातको अधेरीले छाया पार्दा तिमीलाई । "प्रज्वल" बनी चिहाउदै जुनमा हुन्छु म ।।